जसपा नेपालको एकताको महाधिवेशन आजदेखि जनकपुरमा

भक्तपुर न्यूज

२८ जेठ २०८१ ५:२१

जसपा नेपालको एकताको महाधिवेशन आजदेखि जनकपुरमा

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदैछ। जनकपुरधामको तिरहुतिया गाँछीमा सुरु हुन लागेको महाधिवेशन जेष्ठ ३० गतेसम्म चल्ने छ।

महाधिवेशन दिउँसो १ बजे जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले महाधिवेशनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ। महाधिवेशनमा देशभरका १३ सयभन्दा बढी प्रतिनिधि सहभागी हुँदैछन् भने एक लाख कार्यकर्ता पनि महाधिवेशनमा भाग लिने जसपा नेपालले जनाएको छ।

महाधिवेशनको उद्घाटन सत्रमा विभिन्न मुलुकका प्रतिनिधि, विभिन्न राजनीतिक पार्टीका नेताहरूको पनि सहभागिता रहने छ। महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने बताइएको छ। पार्टी विभाजन भएकाले अध्यक्षमा पुनः उपेन्द्र यादव दोहोरिने लगभग निश्चित छ।

अध्यक्षबाहेक सहअध्यक्ष १, उपाध्यक्ष ५, महासचिव २, उपमहासचिव ३, सचिव ७ र कोषाध्यक्ष १, २०१ केन्द्रीय सदस्य र कार्यकारिणी सदस्य निर्वाचित हुनेछ।

प्रकाशित मितिः २०८१ जेठ २८ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय