बिगबोस ओटीटीको तेस्रो सिजन अनिल कपुरले होस्ट गर्ने

भक्तपुर न्यूज

२५ जेठ २०८१ ९:०३

बिगबोस ओटीटीको तेस्रो सिजन अनिल कपुरले होस्ट गर्ने

काठमाडौं । भारतीय चर्चित रियालिटी शो बिगबोस ओटीटीको तेस्रो सिजनको होस्ट अनिल कपुरले गर्ने भएका छन् ।

यस अघि सलमान खानले होस्ट गरेको बिगबोस ओटीटीको यो सिजन उनले नभ्याउने भएपछि अनिल कपुरले होस्ट गर्ने जानकारी दिइएको छ । जियो सिनेमाले बिगबोस ओटीटीको तेस्रो सिजन अनिल कपुरले होस्ट गर्ने बताएको छ ।

यस अघि यस शो का लागि संजय दत्तले होस्ट गर्ने चर्चा चलेको थियो । बिग बोसको टेलिभिजनमा प्रसारण हुने शो को लोकप्रियतालाई ध्यान दिँदै यस अघि दुई सिजन ओटीटी संस्करण बनाइएको थियो । बिगबोस ओटीटीको पहिलो सिजना अभिनेत्री दिव्या अग्रवालले जितेकी थिइन् भने दोस्रो संस्करण युट्युबर एल्भिस यादवले जितेका थिए ।

यस सिजनमा नुपुर सेनन, तनुश्री दत्त, अनुषा डांडेकर, अहाना देओल, त्रिशाला दत्त, भाव्या गान्धी जस्ता सेलिब्रेटीले भाग लिने चर्चा रहेको छ । यस सिजनको बिगबोस ओटीटी जुन २१ देखि प्रसारण हुँदै छ ।

प्रकाशित मितिः २०८१ जेठ २५ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय