टी–२० विश्वकप : अस्ट्रेलियाले ओमानलाई ३९ रनले हरायो

भक्तपुर न्यूज

२४ जेठ २०८१ ५:०८

टी–२० विश्वकप : अस्ट्रेलियाले ओमानलाई ३९ रनले हरायो

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकपमा अस्ट्रेलियाले जितको सुरुवात गर्दा ओमानले भने लगातार दोस्रो हार बेहोरेको छ। बिहीबार बिहान अमेरिकाको ब्रजीटाउनमा रहेको केन्सिङ्टन ओभल क्रिकेट मैदानमा भएको खेलमा अस्ट्रेलियाले ओमानलाई ३९ रनले हराउँदै विश्वकपमा पहिलो जित दर्ता गरेको हो।

अस्ट्रेलियाले दिएको १ सय ६५ रनको लक्ष्य पछ्याएको ओमानले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २५ रन मात्र बनाउन सक्यो। ओमानका आयान खानले बनाएको ३६ रन नै सर्वाधिक रह्यो। कप्तान अकिब एलियासले १८ रन थपे। मरहान खानले २७ र सकिल अहमदले ११ रन बनाए। अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्।

ओमानलाई कम स्कोरमा रोक्न माक्युर्स स्टोइनिसले ३ विकेट लिए। मिचेल स्टार्स, नथान इलिस र आडम जम्पाले २/२ विकेट लिए। त्यसअघि ओमानले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको अस्ट्रेलियाले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ६४ रनको योगफल तयार पारेको थियो।

अस्ट्रेलियाका लागि माक्र्युस स्टोइनिस ६७ रनमा अविजित रहे। उनले ३६ बलमा २ चौका र ६ छक्का हाने। डेभिड वार्नरले ५६ रन बनाए। ५१ बलको सामना गरेका उनले ४ चौका र १ छक्का हाने। कप्तान मिचेल मार्सले १४ र ट्राभिस हेडले १२ रन थपे। ओमानका मेहर खानले २ विकेट लिए।

विलाल खान र करिमुल्लाहले समान १ विकेट झारे। जितसँगै समूह बीमा रहेको अस्ट्रेलिया शीर्ष स्थानमा उक्लेको छ। समान २ अंक भएको नामिबिया दोस्रो स्थानमा छ। इंग्लयान्ड र स्कटल्यान्डको समान १ अंक छ। लगातार दुई खेलमा पराजित ओमान अंकविहीन बन्दै तालिकाको पुछारमा छ।

प्रकाशित मितिः २०८१ जेठ २४ बिहिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *