कोशी सरकारविरुद्धको रिट पूर्ण इजलासमा, २७ गते सुनुवाइ हुने

भक्तपुर न्यूज

२३ जेठ २०८१ ९:४२

कोशी सरकारविरुद्धको रिट पूर्ण इजलासमा, २७ गते सुनुवाइ हुने

काठमाडौं । कोशी प्रदेश सरकार गठन विवादको सुनुवाइ सर्वाेच्च अदालतको पूर्ण इजलासमा आउँदो २७ गतेदेखि हुने भएको छ ।

पूर्वमुख्यमन्त्री केदार कार्कीले दायर गर्नुभएको रिटमाथि आज न्यायाधीशहरू तिलप्रसाद श्रेष्ठ र बालकृष्ण ढकालको संयुक्त इजलासमा सुनुवाइ भएको थियो । इजलासले पूर्ण इजलासमा पठाउने आदेश दिएपछि २७ गतेका लागि पूर्ण इजलासमा सुनुवाइ हुने भएको हो ।

प्रकाशित मितिः २०८१ जेठ २३ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *