कोशी सरकारविरुद्धको रिट पूर्ण इजलासमा, २७ गते सुनुवाइ हुने
काठमाडौं । कोशी प्रदेश सरकार गठन विवादको सुनुवाइ सर्वाेच्च अदालतको पूर्ण इजलासमा आउँदो २७ गतेदेखि हुने भएको छ ।
पूर्वमुख्यमन्त्री केदार कार्कीले दायर गर्नुभएको रिटमाथि आज न्यायाधीशहरू तिलप्रसाद श्रेष्ठ र बालकृष्ण ढकालको संयुक्त इजलासमा सुनुवाइ भएको थियो । इजलासले पूर्ण इजलासमा पठाउने आदेश दिएपछि २७ गतेका लागि पूर्ण इजलासमा सुनुवाइ हुने भएको हो ।
प्रकाशित मितिः २०८१ जेठ २३ बुधबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
