मेक्सिकोमा क्लाउडिया शियनबम बनिन् पहिलो महिला राष्ट्रपति

भक्तपुर न्यूज

२१ जेठ २०८१ ८:५९

मेक्सिकोमा क्लाउडिया शियनबम बनिन् पहिलो महिला राष्ट्रपति

काठमाडौं । मेक्सिकोको पहिलो महिला राष्ट्रपतिमा क्लाउडिया शेनबाउम निर्वाचित भएकी छन् । हालै सम्पन्न चुनावमा क्लाउडियाले ठूलो जित हासिल गरेकी छन् ।

मेक्सिकोको निर्वाचन आयोगले ६१ वर्षीया क्लाउडियाले ५८ देखि ६० प्रतिशत मत प्राप्त गरी विजयी भएको जनाएको छ । मेक्सिकोमा आइतबार निर्वाचन सम्पन्न भएको थियो । उनी प्रतिस्पर्धी सोरचिल गाल्भेसभन्दा झण्डै ३० प्रतिशत बढी मत ल्याएर विजयी भएको बीबीसीले जनाएको छ ।

शोरचिल एक व्यापारी हुन् र क्लाउडिया मेक्सिको सिटीको मेयर भइसकेकी छन्। क्लाउडियाले आफ्ना गुरू र मेक्सिकोका राष्ट्रपति एन्ड्रेस म्यानुएल लोपेज ओब्राडोरको स्थान लिनेछिन् । उनले अक्टोबर १ देखि पदभार सम्हाल्ने छिन् ।

प्रकाशित मितिः २०८१ जेठ २१ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय