सुनको मूल्यमा झिनो गिरावट, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला एक हजारले घटेर १ लाख ४१ हजार कायम भएको छ । त्यस्तै तेजाबी सुन १ लाख ४० हजार ३०० पुगेको छ ।
यसअघि आइतबार छापावाल सुन प्रतितोला १ लाख ४२ हजार रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । आज तोलामा १५ रूपैयाँले घटेर चाँदी १८३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मितिः २०८१ जेठ २१ सोमबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
