ट्राफिक स्वयंसेवक खटाउने गृह मन्त्रालयको निर्णयमा सर्वोच्चको रोक
काठमाडौं । सर्वोच्च अदालतले मादक पदार्थ सेवनलगायतका कसुरमा ट्राफिक स्वयंसेवक खटाउने गृह मन्त्रालयको निर्णयमा रोक लगाएको छ । गणतन्त्र दिवसको अवसरमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले मापसेलगायतका ट्राफिक नियम उल्लङ्घन गर्ने चालकलाई ट्राफिक स्वयंसेवक खटाउने निर्णय गरेका थिए ।
सो निर्णयविरुद्ध बझाङका कृष्ण विकसहित सात जनाले सर्वोच्चमा रिट दायर गरेका थिए । उक्त प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले रिट निवेदकको माग बमोजिम अन्तरिम आदेश जारी गरेको हो ।
प्रकाशित मितिः २०८१ जेठ २० आइतबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
