जुड बेलिङह्याम ला लिगा सिजनको उत्कृष्ट खेलाडी घोषित
काठमाडौं । रियल मड्रिडका युवा मिडफिल्डर जुड बेलिङह्याम आफ्नो पहिलो सिजनमा नै ला लिगाको उत्कृष्ट खेलाडी घोषित भएका छन् । २० वर्षीय खेलाडीले लिगमा १९ गोल गर्दा रियलले १० अङ्कको अग्रता बनाउँदै लिग उपाधि हात पारेको थियो ।
उनले च्याम्पियन्स लिगमा पनि चार गोल गरेका छन् । कार्लो एन्चेलोटीको टोली प्रतियोगिताको फाइनलमा पुगेको छ । शनिबार हुने निर्णायक खेलमा टोलीले वेम्ब्लेमा जर्मन क्लब बोरुसिया डर्टमण्डको सामना गर्नेछ ।
बेलिङह्यामले रियलका सहकर्मी भिनिसियस जुनियर, एन्टोनियो ग्रिजमान (एट्लेटिको मड्रिड), अर्टेम डोभभीक (जिरोना) र रोबर्ट लेवान्डोस्की (बार्सिलोना) लाई पछि पारे । यसका लागि फ्यान, क्लबका कप्तान र विज्ञको टोलीले मतदान गरेका थिए ।
उनी सन् २०२२–२३ सिजनमा डर्टमन्डबाट बुन्डेस लिगको प्लेयर अफ द सिजनको अवार्ड जितेका थिए । त्यसपछि उनी १०.३ करोड करोड युरोमा रियलसँग अनुबन्ध भएका थिए ।
प्रकाशित मितिः २०८१ जेठ १६ बुधबार