मन्त्रिपरिषद बैठक बस्दै

भक्तपुर न्यूज

१५ जेठ २०८१ ५:५५

मन्त्रिपरिषद बैठक बस्दै

काठमाडौं । मन्त्रिपरिषद् बैठक बस्दैछ। प्रधानमन्त्री एवं मन्त्रिपरिषद‍् कार्यालय सिंहदरबारमा अहिले ११ बजे बस्नेगरी बैठक बोलाइएको हो। बैठकमा आर्थिक वर्ष २०८१/०८२ को बजेट स्वीकृत गर्ने कार्यसूची रहेको जनाइएको छ।

आज दिउँसो १ बजे बस्ने संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनले बजेट प्रस्तुत गर्नेछन्। बजेट संसदमा प्रस्तुत गर्नुअघि मन्त्रिपरिषदबाट स्वीकृत गर्नुपर्ने संवैधानिक व्यवस्था छ।

प्रकाशित मितिः २०८१ जेठ १५ मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *