दार्चुलामा खोला तर्ने क्रममा बेपत्ता भएका दुईजनाको शव फेला

भक्तपुर न्यूज

१४ जेठ २०८१ ९:१८

दार्चुलामा खोला तर्ने क्रममा बेपत्ता भएका दुईजनाको शव फेला

काठमाडौं । दार्चुलामा खोला तर्ने क्रममा बगेर बेपत्ता भएका दुबै जनाको शव फेला परेको छ।  मार्मा गाउँपालिका वडा–५ मुरैस्थित गन्याड खोला तर्ने क्रममा बेपत्ता भएका दुबैजनाको शव आज बिहान फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

पानीको भेल आएपछि सोही ठाउँका २५ वर्षीया झुपा टमटा र अम्मर टमटाका ६ वर्षीय छोरा ऐन बिक खोलाले बगाएपछि बेपत्ता भएका थिए। दुवैजना नातामा काका- भतिज पर्छन्। उनीहरुलाई खोज्दै जाँदा सोमबार आज २ मिटर तल बासखोलामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवम् सूचना अधिकारी ज्ञानेन्द्र बहादुर सिंहले बताए।

बेपत्ता दुबैजनालाई आफन्तको जिम्मा लगाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

प्रकाशित मितिः २०८१ जेठ १४ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *