तोलामा तीन सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?
काठमाडौं । सोमबार सुनचाँदीको मूल्य फेरि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका आइतबारको तुलनामा सोमबार तोलामा तीन सय रूपैयाँले दरले सुनको मूल्य बढेको छ ।
महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य एक लाख ३७ हजार दुई सय रूपैयाँ छ भने तेजाबी सुनको मूल्य एक लाख ३६ हजार पाँच सय ५० रूपैयाँ छ । यसअघि आइतबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ३६ हजार नौ सय रूपैयाँ थियो ।
सुनको मूल्य बढ्दा चाँदीको मूल्य पनि ह्वात्तै बढेको छ । आइतबारको तुलनामा प्रतितोला २५ ले बढेर सोमबार चाँदी प्रतितोला एक हजार आठ सय ८० कायम भएको महासंघले जनाएको छ ।
प्रकाशित मितिः २०८१ जेठ १४ सोमबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
