हरिकेन्सविरुद्धको दोस्रो अभ्यास खेलमा नेपाल २७ रनले विजयी

भक्तपुर न्यूज

१३ जेठ २०८१ ५:५२

हरिकेन्सविरुद्धको दोस्रो अभ्यास खेलमा नेपाल २७ रनले विजयी

काठमाडौं । आईसीसी टी-२० विश्व कपको तयारीका लागि अमेरिकामा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले ह्युस्टन हरिकेन्सविरुद्धको दोस्रो अभ्यास खेलमा पनि जित हासिल गरेको छ। गए राति सम्पन्न खेलमा नेपालले हरिकेन्सलाई २७ रनले पराजित गरेको हो।

नेपालले दिएको १२४ रनको लक्ष्य पछ्याएको हरिकेन्स १८.३ ओभरमा ९६ रन बनाएर अलआउट भएको थियो । त्यस्तै यस अघि पहिला ब्याटिङ गर्दै नेपालले २० ओभरमा ६ विकेट गुमाएर १२३ रन मात्र बनाएको थियो। हरिकेन्सविरुद्ध नेपालको यो लगातार दोस्रो जित हो।

अब नेपालले विश्वकप अघि क्यानडा र अमेरिकाविरुद्ध वार्म अप खेल खेल्ने तालिका रहेको छ। नेपालले मे २७ मा अमेरिकाको डलासमा क्यानडाविरुद्ध वार्म अप खेल खेल्ने छ भने मे ३० मा डलासमै अमेरिकाविरुद्ध खेल्ने भएको छ।

प्रकाशित मितिः २०८१ जेठ १३ आइतबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय