सन्दीपलाई विश्वकपमा पठाउन खेलकुद मन्त्रालयले परराष्ट्रलाई पठायो पत्र
काठमाडौं । अमेरिकी राजदूतावासले राष्ट्रिय क्रिकेट खेलाडी सन्दीप लामिछानेको भिसा अस्वीकार गरेको विषयमा युवा तथा खेलकुद मन्त्रालयले पहल सुरु गरेको छ। खेलकुद मन्त्रालयले बिहीबार परराष्ट्र मन्त्रालयलाई पत्र लेख्दै भिसा सहजीकरणका लागि आग्रह गरेको हो।
युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ र नेपाल क्रिकेट संघ क्यानका सचिव पारस खड्कासँगको कुराकानीपश्चात् मन्त्रालयले परराष्ट्र मन्त्रालयलाई सन्दीपलाई भिसा उपलब्ध गराउन आवश्यक सहजीकरण गर्न अनुरोध गर्दै पत्र पठाएको हो।
मन्त्री श्रेष्ठले सन्दीपको भिसाका लागि मन्त्रालयबाट गर्नुपर्ने सबै पहल गरेको उल्लेख गर्दै अझै पनि सबै किसिमको सहयोग जारी राख्ने बताए। सन्दीपलाई बुधबार अमेरिकी दूतावासले भिसा अस्वीकार गरेको थियो।
प्रकाशित मितिः २०८१ जेठ १० बिहिबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
