आजदेखि पाकिस्तान र इङ्ग्ल्यान्डबीचको टी–२० क्रिकेट शृङ्खला शुरु हुँदै

भक्तपुर न्यूज

९ जेठ २०८१ १०:००

आजदेखि पाकिस्तान र इङ्ग्ल्यान्डबीचको टी–२० क्रिकेट शृङ्खला शुरु हुँदै

काठमाडौं । पाकिस्तान र इङ्ग्ल्यान्डबीचको चार खेलको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला आजदेखि शुरु हुँदैछ । यो खेल राति सवा ११ बजे इङ्ग्ल्यान्डको लीड्समा शुरु हुनेछ । शृङ्खलाको दोस्रो खेल आउँदो शनिवार, तेस्रो खेल मङ्गलवार र चौथो तथा अन्तिम खेल बिहीवार हुनेछ ।

आजको खेलमा इङ्ग्ल्यान्डका तीव्र गतिका बलर जोफ्रा आर्चर पनि खेल्दैछन् । आर्चरले पछिल्लाे पटक सन् २०२३ मार्च १४ मा मिरपुरमा बङ्ग्लादेशसँगकाे टी–२० क्रिकेट शृङ्खला खेलेका थिए । चोटका कारण मैदानबाहिर रहेका उनले झन्डै चार वर्षपछि पहिलो पटक इङ्ग्ल्यान्डमा अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने भएका हुन् ।

आईसीसी टी–२० विश्वकप क्रिकेटअघि यो शृङ्खला दुवै टोलीका लागि महत्त्वपूर्ण छ । नवौँ संस्करणको टी–२० विश्वकप आउँदो जुन २ तारिखदेखि अमेरिका र वेस्ट इन्डिजमा शुरु हुँदैछ ।

प्रतियोगिताका लागि पाकिस्तानबाहेक सबै देशले टोली घोषणा गरिसकेका छन् । प्रतियोगितामा सहभागी २० देशलाई चार वटा समूहमा राखिएको छ । जुन १ मा उद्घाटन खेलमा अमेरिका र क्यानडाबीच प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित मितिः २०८१ जेठ ०९ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *