आयल निगम झुक्यो व्यवसायीसामु
काठमाडौं २७ साउन । पेट्रोलियम ढुवानी गर्दा हुने प्राविधिक क्षति सिङ्केज लसको क्षतीपुर्तिका बिषयलाई गरेका अन्दोलनका अघि आयल निगमा झकेको छ । ब्यवसायीको मागमा निगम लचिलो बनेको छ भने आयल निगमले क्षतिपूर्ति बढाउने निर्णय गरेको छ । व्यवसायीलाई साविकमा दिइरहेको सिङ्केज लसको क्षतिपूर्ति बढाउने निर्णय गरेको समते निगम स्रोतले जानकारी दिएको छ ।
सञ्चालक समितिको बैठकले हाल प्रति चार हजार लिटर पेट्रोलमा दिइँदै आएको सिङ्केज लसको क्षतिपूर्ति ३५ लिटरबाट १० लिटर बढाएर ४५ लिटर दिने निर्णय गरेको छ । त्यस्तै, प्रति चार हजार लिटर डिजेलमा हाल दिइँदै आएको क्षतिपूर्ति २४ लिटरबाट बढाएर २७ लिटर पुर्याइएको छ ।
पेट्रोल ढुवानीका क्रममा ६५ लिटरभन्दा माथि हुने प्राविधिक क्षति हुने दावी गर्दै क्षतिपूर्ति पाउनुपर्ने मागसहित व्यवसायी आन्दोलनमा छन् । त्यस्तै, डिजेलमा यस्तो क्षतिपूर्ति ४० लिटरभन्दा माथि पाउनुपर्ने माग व्यवसायीको छ । माग सम्बोधन नगरिए ब्यवसायीहरुले सबै काम ठप्प पार्ने चेतावनी दिएका छन् ।