नागरिक बहुउद्देश्यीय सहकारीद्वारा शिक्षा शिविर

भक्तपुर न्यूज

७ जेठ २०८१ ११:१०

नागरिक बहुउद्देश्यीय सहकारीद्वारा शिक्षा शिविर

भक्तपुर । नागरिक बहुउद्देश्यीय सहकारी संस्था लि. सूर्यविनायकको आयोजनामा सहकारी शिक्षा शिविर सञ्चालन गरिएको छ । संस्थामा आबद्ध एवम् सम्भावित सदस्यहरुलाई सहकारी सम्बन्धी आधारभूत शिक्षा प्रदान गर्ने उद्देश्यका साथ सञ्चालित शिक्षा शिविरमा करिब ५० जनाको सक्रिय सहभागिता रहेको थियो ।

संस्थाका अध्यक्ष बिदुरमान सिंह बस्नेतले शिविर आयोजना गर्नुको औचित्यमाथि प्रकाश पार्दै संस्थाका शेयर सदस्यहरू सहकारीको आधारभूत विषयहरूमा शिक्षित भएमा मात्र स्वयम् शेयर सदस्य तथा संस्थाहरूको वित्तीय लक्ष्य हासिल हुने बताए । जनहितकारीले दिने सुविधाले नै समुदायमा राम्रो प्रभाव पारेको समेत उनको भनाइ थियो ।

भक्तपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष कृष्णमुरारी न्यौपानेले आफू सदस्य भएको सहकारी संस्थाको सेवा सुविधा तथा सञ्चालकहरु जानकारी राख्नुपर्ने भन्दै संस्थाका गतिविधिहरु र साधारण सभामा सहभागी भई आवश्यक सल्लाह सुझाव दिनुपर्नेमा जोड दिए । उनले माथिल्लो निकायका व्यक्तिहरुले खराब संस्थाका सञ्चालकहरुको संरक्षण गर्दा आम जनताहरुले दुःख पाएको र धेरै संस्थाहरुमा अनियमितता बढेको समस्या औँल्याए ।

शिविरमा सूर्यविनायक नगरपालिका वडा नं. ६ का वडाध्यक्ष ईश्वर खड्का, चार्टर्ड एकाउन्टेन्ट्स एकराज सिग्देल, संस्थाका उपाध्यक्ष देवलाल किसी र सचिव रजनी मानन्धरले पनि बोलेका थिए ।

शिविरमा सूर्यविनायक तीनधारा (लिफ्ट) खानेपानी आयोजना र पाण्डोबजार खानेपानी योजना जल उपभोक्ता समितिलाई सम्मान गरिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय