महामन्त्री शर्माको टिप्पणी : ‘संसद्मा आज सभामुख देखिनँ’
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले ‘संसद्मा सभामुख देखिनँ’ भन्दै टिप्पणी गरेका छन् । सोमबार कांग्रेसको नाराबाजीबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिएपछि शर्माले यस्तो बताएका हुन् ।
सामाजिक सञ्जालमार्फत् उनले भने, ‘संसद्मा आज `सभामुख´ देखिनँ ! देखिरहेको छु- `रबर स्ट्याम्प´ बनाएर कसैले मर्यादाको चिरहरण गरेको अँध्यारो चित्र मात्र’
प्रधानमन्त्रीले लिएको विश्वासको मत प्रक्रियामा कांग्रेसले भाग लिएको थिएन । तर प्रधानमन्त्री प्रचण्डले १५७ सांसदको समर्थन पाएका छन् । जुन बहुमत हो । तटस्थमा १ मत परेको छ ।
प्रकाशित मितिः २०८१ जेठ ०७ सोमबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
