कांग्रेस संसदीय दलको आकस्मिक बैठक जारी
काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको आकस्मिक बैठक बोलाएको छ। बैठक अहिले नयाँबानेश्वर स्थित संसद भवनको ल्होत्से हलमा बसिरहेको हो। सोमबार प्रतिनिधिसभाको बैठकमा प्रतिपक्षको अवरोधका बीच प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिएपछि कांग्रेसले संसदीय दलको बैठक डाकेको हो।
कांग्रेसले उपप्रधान एवं गृहमन्त्रीमाथि सहकारी ठगीमा छानबिनका लागि संसदीय समिति बनाउने माग गर्दै आएको छ। संसदीय समिति बनाउने विषयमा सहमति भइसके पनि त्यसो टिओआरका विषयमा कुरा नमिल्दा कांग्रेसले सदन चल्न नदिएको हो।
बैठकले पार्टीको भावी रणनीति तय गर्ने संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।
प्रकाशित मितिः २०८१ जेठ ०७ सोमबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
