सुनको मूल्यमा आज पनि नयाँ रेकर्ड, प्रतितोला कति पुग्यो?
काठमाडौं । आज पनि नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन ९०० रुपैयाँले बढेर प्रतितोला एक लाख ४१ हजार ८०० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन आइतबार प्रतितोला एक लाख ४० हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । यो मूल्य हालसम्मकै उच्च हो ।
यस्तै, आज तेजावी सुनको मूल्य प्रतितोला एक लाख ४१ हजार ५० रुपैयाँ कायम गरिएको छ । चाँदीको मूल्यमा पनि ३० रुपैयाँले वृद्धि भइ आज प्रतितोला एक हजार ९४० रुपैयाँ कायम भएको छ ।
प्रकाशित मितिः २०८१ जेठ ०७ सोमबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
