सुदूरपश्चिम ‘ललितपुर मेयर्स कप महिला टी–२० क्रिकेट’ को फाइनलमा

भक्तपुर न्यूज

४ जेठ २०८१ १०:१६

सुदूरपश्चिम ‘ललितपुर मेयर्स कप महिला टी–२० क्रिकेट’ को फाइनलमा

काठमाडौं । सुदूरपश्चिम प्रदेश ‘ललितपुर मेयर्स कप महिला टी–२० क्रिकेट’ प्रतियोगिताको फाइनलमा पुगेको छ । आज कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा भएको समूह चरणको अन्तिम खेलमा बाग्मती प्रदेशलाई १ सय ९ रनले हराउँदै सुदूरपश्चिम उपाधि नजिकै पुगेको हो ।

सुदूरपश्चिमले दिएको १ सय ५८ रनको लक्ष्य पछ्याएको बाग्मती १६ ओभर १ बलमा ४८ रनमै अल आउट भयो । बाग्मतीकी कृष्मा गुरुङले सबैभन्दा धेरै १६ रन बनाइन् । सुदूरपश्चिमकी ऋतु कनौजियाले ३ तथा कविता जोशी र लक्ष्मी साउदले समान २ विकेट लिइन् ।

यसअघि टस हारेर ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा २ विकेट गुमाएर १ सय ५७ रन बनायो । सुदूरपश्चिमकी सम्झना खड्काले नट आउट ७४ रन बनाइन् । बाग्मतीकी कृष्मा गुरुङले १ विकेट लिइन् । अब सुदूरपश्चिमले उपाधिका लागि भोलि सशस्त्र प्रहरी बलको एपीएफ क्लबसँग खेल्नेछ । प्रतियोगिताको फाइनल खेल भोलि हुँदैछ ।

प्रकाशित मितिः २०८१ जेठ ०३ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *