चिकित्सा शिक्षा विधेयकको छलफल स्थगन
काठमाडौं, २७ साउन । सांसदले अध्ययनका लागि थप समय माग गरेपछि महिला, बालिबालिका, ज्येष्ठ नागरिक र समाजकल्याण समितिमा पेश भएको चिकित्सा शिक्षा विधेयकबारे छलफल स्थगन भएको छ ।
आज बसेको समितिको पूर्ण बैठकमा सांसदले ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७३’ सम्बन्धमा गठित कार्यदलले पेश गरेको संशोधनसहितको प्रतिवेदनमा अध्ययन गर्नुपर्ने माग गरेपछि बैठकमा विधेयक पारित हुन सकेन ।
समितिका सभापति रञ्जुकुमारी झासमक्ष कार्यदलका सदस्य जीवन परियारले सरकारबाट सम्बन्धन दिई पूर्वाधार तयार भइसकेका मेडिकल कलेजलाई सञ्चालन अनुमति दिने आशयसहितको प्रतिवेदन हस्तान्तरण गरेको थियो । समितिले गत जेठ २९ गते विधेयकलाई अन्तिम रुप दिनका लागि ‘चिकित्सा शिक्षा कार्यदल’ गठन गरेको थियो ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२६ जेठ २०८२ ११:५२
भारतमा कोरोना संक्रमितको संख्या ६ हजार नाघ्यो, ५८ जनाको मृत्यु
२६ जेठ २०८२ ११:४८
सामान्य अंकले घट्यो सुन, कतिमा हुँदैछ कारोवार ?
२६ जेठ २०८२ ७:४१
नेपाल स्कटल्यान्डसँग दुई रनले पराजित
२७ जेठ २०८२ ८:५४
एसियन कप छनोट : नेपाल र लाओस भिड्दै
२७ जेठ २०८२ ८:४३