सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

भक्तपुर न्यूज

२ जेठ २०८१ ५:४४

सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । बुधबार नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य बढेको छ । मंगलबार प्रतितोला ७ सय रुपैयाँले घटेको सुनको मूल्य बुधबार १ हजार रुपैयाँले बढेको हो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाला सुन प्रतितोला १ लाख ३८ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार छापावाला सुन प्रतितोला १ लाख ३७ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

बुधबार तेजाबी सुन १ लाख ३७ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार तेजाबी सुन १ लाख ३६ हजार ७५० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, बुधबार प्रतितोला चाँदीको मूल्य १ हजार ७४५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार प्रतितोला चाँदीको मूल्य १ हजार ७४० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मितिः २०८१ जेठ ०२ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय