सोल्टी होटलले कमायो ४१ करोड २३ लाख रुपैयाँ खुद नाफा

भक्तपुर न्यूज

२८ वैशाख २०८१ ४:२१

सोल्टी होटलले कमायो ४१ करोड २३ लाख रुपैयाँ खुद नाफा

काठमाडौं । सोल्टी होटलले चालु आवको तेस्रो त्रैमाससम्म ४१ करोड २३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीको नाफा गत आवको यसै अवधिको तुलनामा ११ प्रतिशत बढी हो । गत आवको यसै अवधिमा यस्तो नाफा ३७ करोड ११ लाख रुपैयाँ थियो ।

कम्पनीको कुल आम्दानी बढ्दा नाफा बढेको देखिन्छ । गत आवको तेस्रो त्रैमासमा कुल आम्दानी १ अर्ब ५० करोड रहेकोमा अहिलेको सोही अवधिमा १ अर्ब ६८ करोड छ । पर्यटकीय व्यवसायिक गतिविधिमा आएको सुधारले आम्दानी बढेको कम्पनीले वित्तीय विवरणमा प्रष्ट पारेको छ ।

अंकित मूल्य प्रतिकित्ता १० रुपैयाँ रहेको यस कम्पनीको प्रतिसेयर आम्दानी ४ रुपैयाँ ४४ पैसा छ । गत आवको यसै अवधिमा यस्तो आम्दानी ४ रुपैयाँ २० पैसा थियो । त्यस्तै प्रतिसेयर नेटवर्थ २४ रुपैयाँ ५८ पैसा छ । बिहीबार बजार बन्द हुँदा कम्पनीको मूल्य प्रतिकित्ता ४६१ रुपैयाँ छ ।

प्रकाशित मितिः २०८१ बैशाख २८ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय