आज नवौँ राष्ट्रिय पत्रकारिता दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै

भक्तपुर न्यूज

२४ वैशाख २०८१ ७:२०

आज नवौँ राष्ट्रिय पत्रकारिता दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं । नवौँ राष्ट्रिय पत्रकारिता दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ । १९५८ साल वैशाख २४ गते साप्ताहिक रूपमा गोरखापत्रको प्रकाशन शुरु भएको दिनको अवसरमा राष्ट्रिय पत्रकारिता दिवस मनाउने गरिन्छ । गोरखापत्र आजदेखि प्रकाशनको १ सय २४ वर्षमा लागेको छ ।

सरकारीस्तरबाट अखबार प्रकाशन शुरु भएको दिनको अवसर पारेर सरकारले २०७३ सालमा पत्रकारिता दिवस राष्ट्रिय रूपमै मनाउन मान्यता दिएपछि यो दिवस वैशाख २४ गते मनाउन थालिएको हो । दिवसका अवसरमा सञ्चार मन्त्रालय तथा गोरखापत्र संस्थानले विभिन्न कार्यक्रम आयोजना गरेका छन् । गोरखापत्र २०१७ साल फागुन ७ गतेदेखि दैनिक प्रकाशन हुँदै आएको छ ।

प्रकाशित मितिः २०८१ बैशाख २४ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *