नेपाल–भारत सीमानाका आजदेखि दुई चरणमा ७ दिन बन्द हुने

भक्तपुर न्यूज

२३ वैशाख २०८१ ८:१३

नेपाल–भारत सीमानाका आजदेखि दुई चरणमा ७ दिन बन्द हुने

काठमाडौं । भारतको विहार राज्यमा हुने लोकसभा चुनावका कारण सिरहाको नेपाल–भारत सीमानाका दुई चरणमा बन्द हुने भएको छ । विहारको मधुवनी जिल्लामा पर्सि मङ्गलवार र जेठ ७ गते गरी दुई चरणमा चुनाव हुँदैछ ।

जिल्ला प्रशासन कार्यालय सिरहाका अनुसार चुनावको ७२ घण्टा पहिला सीमा नाका बन्द गर्नुपर्ने भएकाले पहिलो चरणका लागि आज मध्यरातिदेखि पर्सि मङ्गलवारसम्म र त्यसैगरी दोस्रो चरणका लागि जेठ ४ गते मध्यरातिदेखि जेठ ७ गते मध्यरातसम्म बन्द गरिने भएको हो ।

निर्णयअनुसार भारतसँग सीमा जोडिएका सिरहाको ठाढी, बरियारपट्टी र माडर नाका बन्द हुने सहायक प्रमुख जिल्ला अधिकारी नरेशकुमार यादवले बताए ।

प्रकाशित मितिः २०८१ बैशाख २३ आइतबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *