सुनको मूल्य ११ सयले घट्यो, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । आज स्थानीय बजारमा सुन मूल्य तोलामा एक हजार एक सयले ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार प्रतितोला एक लाख ३६ हजार पाँच सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने एक लाख ३५ हजार चार सय निर्धारण भएको छ।
यस्तै बिहीबार तेजाबी सुन प्रतितोला एक लाख ३५ हजार आठ सय ५० मा कारोबार भएको थियो। आज भने एक लाख ३४ हजार सात सय ५० निर्धारण भएको छ। चाँदीको मूल्यमा भने परिवर्तन भएको छैन। बिहीबार जस्तै आजका लागि भने चाँदीको मूल्य तोलामा एक हजार छ सय ४५ निर्धारण भएको छ।
प्रकाशित मितिः २०८१ बैशाख २१ शुक्रबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
