वेस्ट इन्डिज ‘ए’विरुद्ध रोहित पौडेलको अर्धशतक

भक्तपुर न्यूज

२० वैशाख २०८१ ९:२३

वेस्ट इन्डिज ‘ए’विरुद्ध रोहित पौडेलको अर्धशतक

काठमाडौं । टी–२० क्रिकेट सिरिजको चौथो खेलमा वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपालका कप्तान रोहितकुमार पौडेलले अर्धशतक प्रहार गरेका छन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा रोहितले ३४ बलमा अर्धशतक पूरा गरेका हुन्। सो क्रममा रोहितले ६ चौका र २ छक्का प्रहार गरे।

रोहितले सिरिजका चारमध्ये तीन देलमा ५० भन्दा बढि रन बनाएका छन् । यसअघि उनले एक शतक र दुई अर्धशतक प्रहार गरेका थिए । वेस्ट इन्डिज ‘ए’ले दिएको २१० रनको लक्ष्य पछ्याउँदै नेपालले ११ ओभरमा ९० रन बनाएको छ ।

प्रकाशित मितिः २०८१ बैशाख २० बिहिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय