पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिमा विजुकुमार थपलिया नियुक्त

भक्तपुर न्यूज

२० वैशाख २०८१ ६:२६

पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिमा विजुकुमार थपलिया नियुक्त

काठमाडौं । पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. विजुकुमार थपलिया नियुक्त भएका छन्। विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री तथा पुष्पकमल दाहाल ‘प्रचण्ड’ले थपलियालाई उपकुलपतिमा नियुक्त गरेका हुन्।

थपलिया पूर्वाञ्चल विश्वविद्यालय व्यवस्थापन संकायका पूर्व डिन हुन्। उपकुलपति सिफारिस गर्नका लागि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठको अध्यक्षतामा गठित छनोट तथा सिफारिस समितिले थपलियासँगै महेशराज दाहाल र देवीप्रसाद भट्टराईको नाम सिफारिस गरेको थियो।

छनोट तथा सिफारिस समितिले दरखास्त माग गरी कार्ययोजना, सोचपत्र र अन्तर्वार्ताको आधारमा छनोट गरेर सिफारिस गरेको थियो। विज्ञ समूहले कार्ययोजना सोचपत्रको मूल्यांकन गरी छनोट गरेको समितिले दाबी गरेको छ। सिफारिस भएको प्राथमिकताकै आधारमा नै उपकुलपति नियुक्त गरिएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ।

प्रकाशित मितिः २०८१ बैशाख २० बिहिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय