सञ्जयलीला भन्सालीको वेब सिरिज ‘हीरामन्डी’ आजबाट रिलिज हुँदै

भक्तपुर न्यूज

१९ वैशाख २०८१ ८:०९

सञ्जयलीला भन्सालीको वेब सिरिज ‘हीरामन्डी’ आजबाट रिलिज हुँदै

काठमाडौं । भारतीय निर्देशक सञ्जयलीला भन्सालीको वेब सिरिज ‘हीरामन्डीः द डायमण्ड बजार’ ओटिटीमा रिलिज भएको छ। बुधबारदेखि ओटिटी प्लेटर्फम नेटफ्लिक्समा वेब सिरिज रिलिज गरिएको हो। यो सिरिज ८ एपिसोडको छ।

सिरिजमा मनिषा कोइराला, अदिति राव हैदरी, ऋचा चढ्ढा, सोनाक्षी सिन्हा, शर्मिन सहगल, सञ्जीदा शेखलगायत कलाकारको अभिनय छ। भन्साली निर्देशित पछिल्लो फिल्म ‘गंगुबाई काठियावाडी’ ले बक्स अफिसमा राम्रो व्यापार गरेको थियो। यो फिल्म सन् १९६० को दशकमा मुम्बई कमाठीपुरामा एउटा ‘वेश्यालय’ चलाउने गंगूबाईको जीवनीमा आधारित थियो।

वेब सिरिज ‘हीरामन्डी’ ब्रिटिश शासनको क्रममा लाहौरको हीरामन्डी रेड लाइट एसियामा ‘वेश्यालय’ चलाउने रानीहरूको कथामा आधारित छ। फिल्मसिटीमा ‘गंगुबाई काठियावाडी’ को सेट जहाँ बनाइएको थियो, त्यही नै ‘हीरामन्डी’ को सेट बनाइएको हो।

प्रकाशित मितिः २०८१ बैशाख १९ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय