कम्बोडियामा सेनाको हतियार भण्डारमा विस्फोट हुँदा २० सैनिकको मृत्यु

भक्तपुर न्यूज

१६ वैशाख २०८१ ५:४६

कम्बोडियामा सेनाको हतियार भण्डारमा विस्फोट हुँदा २० सैनिकको मृत्यु

काठमाडौं । कम्बोडियामा सेनाको हतियार भण्डारमा विस्फोट हुँदा २० सैनिकको मृत्यु भएको छ। प्रधानमन्त्री हुन मानेटले सामाजिक सञ्जालमा पोष्ट गर्दै शनिबार दिउँसो भएको घटनाले आफू स्तब्ध भएको बताए।

प्रधानमन्त्रीका अनुसार यस विष्फोटमा धेरै सैनिक घाइते भएका छन्। कम्बोडियाको कम्पोङ स्पेउ प्रान्तमा रहेको सैन्य शिविरमा यो विस्फोट भएको हो। यो विस्फोट कसरी र कुन परिस्थितिमा भएको हो भन्ने बारेमा अहिलेसम्म कुनै जानकारी आएको छैन। प्रधानमन्त्रीले मृतक सैनिकका परिवारलाई क्षतिपूर्ति दिने र सैनिक सम्मानका साथ अन्त्येष्टि गर्ने आदेश दिएका छन्।

प्रकाशित मितिः २०८१ बैशाख १६ आइतबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय