युवराज सिंह बने टी–२० विश्वकप क्रिकेटको ब्रान्ड एम्बास्डर

भक्तपुर न्यूज

१४ वैशाख २०८१ ११:४५

युवराज सिंह बने टी–२० विश्वकप क्रिकेटको ब्रान्ड एम्बास्डर

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आइसीसीले भारतीय पूर्व क्रिकेटर युवराज सिंहलाई टी–२० विश्वकप क्रिकेटको ब्रान्ड एम्बास्डर बनाएको छ । टी–२० विश्वकप जुन १ तारिखदेखि २९ सम्म वेस्टइन्डिज र अमेरिकामा आयोजना हुँदै छ ।

उक्त प्रतियोगिताको प्रचार प्रसारका लागि सिंहलाई ब्रान्ड एम्बास्डर बनाएको हो । भारतीय टोलीका पूर्व अलराउन्डर सिंह सन् २००७ को टी–२० विश्वकपमा एकै ओभरमा ६ छक्का प्रहार गरेर कीर्तिमान कायम गरेका थिए भने पहिलो विश्वकप जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए ।

आइसीसीले ब्रान्ड एम्बास्डर बनाएपछि सिंहले टी–२० विश्वकप क्रिकेटमा जोडिन पाउँनु नै सम्मानको कुरा भएको बताएका छन् । टी-२० विश्वकपमा नेपालले पनि खेल्दै छ । नेपाल समूह डीमा रहेको छ ।

प्रकाशित मितिः २०८१ बैशाख १४ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय