डोलेश्वरमा रफतको स्वास्थ्य शिविर

भक्तपुर न्यूज

२३ साउन २०७४ ७:१६

डोलेश्वरमा रफतको स्वास्थ्य शिविर

भक्तपुर, २३ साउन । रफत सञ्चार क्लबको आयोजना र डाक्टर इवामुरा अस्पतालको सहयोगमा आज सोमबार धार्मिक तथा पर्यटकियस्थल डोलेश्वरमा एक दिने स्वास्थ्य शिविर गरिएको छ । मन्दिरमा साउन १ गतेदेखि लागेको श्रावणी मेलामा आएका भक्तजन तथा स्थानीयहरुको निःशुल्क रुपमा स्वास्थ्य परिक्षण गरिएको परिक्षणमा संलग्न चिकित्सकहरुले बताएका छन् ।

भक्तजनहरुको स्वास्थ्य उचारमा सहयोग पुग्ने हेतुका साथ क्लबले सोमबार उक्त शिविरको आयोजना गरेको हो । मन्दिरमा दर्शन तथा पुजापाठका लागी आएका सायैं भक्तजनहरुले उक्त स्वास्थ्य शिविरबाट लाभ लिएको डोलेश्वर महादेव मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

साउन महिन हिन्दु धर्मवालम्बीहरुले शिवालय र शिवको मूर्तिमा पुजा अर्चना गरि धुमधामका साथ मनाउने गर्दछन् । भक्तपुर स्थिति डोलेश्वर महादेव मन्दिरमा समेत भक्तजनहरुको भिड लाग्ने गर्दछ । शिविरमा जनरल स्वास्थ्य परिक्षण गर्नुका साथै असाय, गरिव र जेष्ठ नागरिकहरुका लागि थप उपचारका लागी आफूहरुले सक्दो सहयोग गर्ने अस्पतालका ब्यवस्थापन प्रमुख रन्जीत मारिखुले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *