तातोपानी भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व संकलन

भक्तपुर न्यूज

६ वैशाख २०८१ ९:४०

तातोपानी भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व संकलन

काठमाडौं ।  चालु आर्थिक वर्षको नौ महिनामा तातोपानी भन्सार कार्यालयले लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको छ। चालु आवमा रु पाँच अर्ब ५९ करोड सङ्कलन गर्ने लक्ष्य लिएकोमा हालसम्म रु आठ अर्ब ५६ करोड सङ्कलन भइसकेको भन्सार प्रमुख दयानन्द केसीले जानकारी दिए।

नाका सञ्चालन भएपछि व्यापार बढेको उनले बताए। पछिल्लो समय मानिसहरुको आवतजावत बढिरहेको उनको भनाइ छ। उनले यस भन्सार नाकामा भूकम्प पछिल्लो समय व्यापारिक गतिविधि बढे पनि सडकलगायतका पूर्वाधारमा भने सुधार हुन नसकेको बताए।

प्रकाशित मितिः २०८१ बैशाख ०६ बिहिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय