नयाँ शक्तिमा विद्रोहको तयारी

भक्तपुर न्यूज

२२ साउन २०७४ ६:३६

नयाँ शक्तिमा विद्रोहको तयारी

काठमाडौं २२ साउन । नयाँ शक्ति नेपालको २ नम्बर प्रदेशमा विद्रोहको तयारी भएको । २ नम्बर प्रदेशबाट नेतृत्व गर्ने केन्द्रीय नेताहरूले विद्रोह गर्न थालेका हुन् ।

पार्टीका एक केन्द्रीय नेताले दिएको जानकारी अनुसार, बाबुरामको कार्यशैलीबाट असन्तुष्ट प्रभावशाली नेता रामचन्द्र झा को नेतृत्वमा २ नं प्रदेशका अधिकांश नेताहरू विद्रोहको तयारीमा छन् । उनीहरूले यही हप्ता पार्टी छोड्ने तयारी गरेको ती नेताले बताए । झालगायतका नेता अर्को पार्टीमा जान्छन् अथवा स्वतन्त्र बस्छन् भन्ने कुराको भने टुंगो लागेको छैन ।

यसघि मुमाराम खनाल, रमेश्वर खनाल, निर्मल बराललगायत दर्जनौं केन्द्रीय नेता, विद्यार्थी, युवा, दलितलगायतका जनवर्गीय संगठन र सयाैँ अन्यले पार्टी परित्याग गरीसकेका छन । नेता देवेन्द्र पौडेललगायतले समेत बाबुरामको कार्यशैलीसँग सार्वजनिक विमती राख्दै अाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *