साढे ४ सय बिप्लब कार्यकर्ताद्धारा पाटी परित्याग
भक्तपुर, २२ साउन । बिप्लवले नेतृत्व गरेको नेपाल कम्यूनिष्ट पाटीका ४ सय ५० जना नेता तथा कार्यकर्ताहरुले संयुक्त रुपमा आज आइतबार पाटी परित्याग गरेका छन् । रफत सञ्चार क्लवमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनीहरुले संयुक्त रुपमा पाटी परित्याग गरेको घोषणा गरेका हुन् ।
महान जनयुद्धको लक्ष्य विपरित पछिल्लो समय मनोगतबादी चिन्तन, अकर्मण्यताबाद, गोलचक्करबादी कार्यदिशा, अमृर्त दिशाहिन आन्दोलन लगायतका क्रियाकलाप पाटी भित्र बढ्दै गएको कारण आफूहरुले संयुक्त रुपमा पाटी परित्याग गरेको अखिल नेपाल क्रान्तिकारी निर्माण मजदुर संघका केन्द्रीय संयोजक युवराज आचार्यले बताए ।
आईतबार आचार्य सहित नेपाल कम्युनिष्ट पाटी इलाका ४ ईञ्चार्ज जोवान तामाङ, अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका भक्तपुर जिल्ला अध्यक्ष बिक्रम आचार्य लगायतका जिल्ला तहका ४ सय ५० नेता तथा कार्यकर्ताले पाटी परित्याग गरेका छन् ।