एसीसी प्रिमियर कप : नेपाल र हङकङबीचको खेल वर्षाले प्रभावित
काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत नेपाल र हङकङबीचको खेल वर्षाले प्रभावित बनेको छ। ओमानको अल अमेरातस्थित ओमान क्रिकेट एकेडेमीमा हुने यो खेल वर्षाले प्रभावित बनेको हो।
हाल वर्षा रोकिएको र खेल निर्धारित समय भन्दा करिब एक घण्टा ढिला सुरु हुने बताइएको छ। समूह ए मा रहेको नेपालले यस अघिका दुवै खेल जितेर ४ अङ्कसहित शीर्ष स्थानमा रहेको छ। नेपालले यस अघि मलेसिया र कतारलाई पराजित गरेको थियो।
त्यस्तै हङकङले भने २ खेलमा एक जित र एक हार बेहोरेको छ। हङकङले पहिलो खेलमा कतारलाई पराजित गरेको थियो भने दोस्रो खेलमा साउदी अरेबियासँग हार बेहोरेको थियो।
प्रकाशित मितिः २०८१ बैशाख ०३ सोमबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
