मन्थलीमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु

भक्तपुर न्यूज

३ वैशाख २०८१ ६:०५

मन्थलीमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु

काठमाडौं । रामेछापको मन्थली नगरपालिका-७ भटौलीमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। सोमबार बिहान करिब ६ बजे बागमती प्रदेश ०१–००६ ख ३८३९ नम्बरको टिपर दुर्घटना भएको हो।

दुर्घटना सोही टिपरका चालक २० वर्षीय पवित्र बस्नेतको मृत्यु भएको र दोलखा स्थायी ठेगाना भएका सह-चालक २१ वर्षका मनोज फुयाँल घाइते भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ।

सह-चालकको मन्थली अस्पतालमा उपचार भइरहेको रामेछाप प्रहरी प्रमुख डिएसपी प्रदिक कुमार सिंहले जानकारी दिए। दुर्घटनाको कारण भन्ने खुल्न सकेको छैन।

प्रकाशित मितिः २०८१ बैशाख ०३ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय