मुलुकभरका कारागारको अवस्था दयनिय

भक्तपुर न्यूज

२२ साउन २०७४ ३:०७

मुलुकभरका कारागारको अवस्था दयनिय

काठमाडौं, २२ साउन । सरकारी निकायकै एक निरीक्षण प्रतिवेदनले मुलुकभरका जेलको कहालीलाग्दो अवस्था दर्शाएको छ । प्राय स् जेलमा क्षमताभन्दा दोब्बर कैदीबन्दी कोचाकोच गरेर राखेको तथ्य उजागर भएको छ ।

अधिकांश घामसमेत नछिर्ने अँध्यारो कोठा छन् । सुत्ने ठाउँको अभावका कारण रातमा आलोपालो सुत्नुपर्ने स्थिती छ । बन्दीको लागि शौचालय, औषधोपचार बन्दीलाई दिईने सिदा, पोषणयुक्त खाना, स्नान कक्षलगायत अभाव छ । सिराहा, सप्तरी, उदयपुर, मोरङलगायत जिल्लाका जेलमा बन्दी बिरामी रहे पनि समयमा उपचार पाउन सकेका छैनन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *