विश्व बैंकको कार्यक्रममा सहभागी हुन अर्थमन्त्री अमेरिका जाँदै

भक्तपुर न्यूज

२ वैशाख २०८१ ११:२९

विश्व बैंकको कार्यक्रममा सहभागी हुन अर्थमन्त्री अमेरिका जाँदै

काठमाडौं । विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको कार्यक्रममा सहभागी हुन अर्थमन्त्री वर्षमान पुन सोमबार अमेरिका जाने भएका छन्। विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको विश्व सम्मेलनमा सहभागी हुन उनी अमेरिका जान लागेका हुन्।

उक्त बैठकमा मन्त्री पुनले दातृ निकायका अधिकारीहरु र राजनितिक भेटघाट समेत गर्ने कार्यक्रम तय भएको अर्थमन्त्रालयले जनाएको छ। नेपालले यही महिना अन्तर्राष्ट्रिय लगानी सम्मेलन आयोजना गर्दै छ। उक्त सम्मेलनको लागि समेत यो भ्रमण सहयोगी बन्ने अर्थ मन्त्रालयले जनाएको छ।

प्रकाशित मितिः २०८१ बैशाख २ आइतबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय