भरतपुर मतगणनास्थलमा सीसी टीभी र तारजाली
चितव २० साउन । चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १९ भएको पुनः मतदानको मत गणना आजैबाट शुरु हुने भएको छ । उक्त वडाको मत गणना शुक्रबार राति १० बजेबाट शुरु हुने मुख्य निर्वाचन अधिकृतको कार्यलयले जनाएको छ । भरतपुर महानगरपलिका वडा नं १९ र २० को मतगणना शुरु हुने भएको छ ।
मतगणना गर्नका नेपाल तेक्वान्दो संघको कवड हल खोलिएको छ । कवड हलमा नै मत गणना गरिने बताएको छ ।मत गणना कडा सुरक्षाबीच हुनेछ । जिल्ला निर्वाचन कार्यालय चितवनका प्रमुख हरि ढकालका अनुसार यसपटक मतगणनास्थलमा सीसी टीभी र तारजालीको व्यवस्था गरिएको छ । दलीय प्रतिनिधिहरुको गतिविधिलाई निगरानी गर्नका लागि सीसीटीभी जडान गरिएको छ । मतगणनामा सहभागी हुने दलका प्रतिनिधिको पहुँच मतपत्रसम्म नहोस् भन्नका लागि तार जाली लगाइएको हो ।
चितवनको भरतपुर–१९ मा पुनः भएको मतदानको समय सकिएको छ । पुनः मतदानमा २ हजार ८ सय ६० मत खसेको छ । प्रतिशतमा हिसाव गर्दा जम्मा ७५।५८ प्रतिशत मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यो पटक पहिलाको भन्दा २७ मत कम खसेको हो । भरतपुर–१९ मा ३ हजार ७ सय ९७ मतदाता छन् ।