दुबईमा भिषण आगलागी
एजेन्सी, २० साउन । दुबईको ७९ तले गगनचुम्बी इमारत टर्च टावरमा भिषण आगलागी भएको छ । पहिल्लो दुई वर्षमा आगलागीको यो दोस्रो घटना हो ।
यसअघि सन् २०१५ मा पनि आगलागीबाट उक्त भवनमा क्षति पुगेको थियो । सोसल मिडियामा पोस्ट भएको भिडियो फुटेजमा भवनको माथिल्लो तलासम्म आगोको लप्को पुगेको देखिन्छ ।
बीबीसीका अनुसार त्यहाँका अधिकारीले आगो लागेको देखिपछि भवनलाई खाली बनाएर नागरिकको ज्यान बचाएका छन् । आगलागीबाट कुनै मानविय क्षति भएको खबर नआएपनि भौतिक क्षति भने भएको समाचारमा बताइएको छ ।
विश्वकै अग्ला भवनहरुमध्ये पर्ने टर्च टावरमा आगलागीको कारण पत्ता लागेको छैन ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
