इस्तानबुलको नाइटक्लबमा आगलागी हुँदा कम्तिमा २९ जनाको मृत्यु
काठमाडौं । टर्कीको इस्तानबुलको एउटा नाइटक्लबको मर्मत गर्ने क्रममा आगो लाग्दा कम्तिमा २९ जनाको मृत्यु भएको छ । मर्मत गर्ने काम लापरबाही भएकाले आगलागी भएको स्थानीय अधिकारीले आरोप लगाएका छन् ।
मिडियामा सार्वजनिक भएका फुटेजमा आवासीय भवनको १६ तलाको तेस्रो भागमा आगो लागेको देखिएको थियो । नाइटक्लबमा ध्वनि इन्सुलेशन र सजावट नवीकरण कार्यको क्रममा भएको विस्फोटबाट फाइबर सामग्रीमा आगो लागेको अनुमान गरिएको छ ।
आगो सल्किएपछि भवनभित्र फसेका अधिकांस धुवाँको विषाक्तबाट मरेका थिए । मर्मतमा लापरबाही गरेको अभियोगमा ८ जनालाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको सिएनएनले जनाएको छ ।
इस्तानबुलका मेयर एकरेम इमामोग्लुले उक्त भवन मर्मत गर्न अनुमतिका लागि आवेदन नआएको बताए ।
प्रकाशित मितिः २०८० चैत्र २१ बुधबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
