क्वाँटी खानुपर्ने १५ कारण

भक्तपुर न्यूज

१९ साउन २०७४ ९:००

क्वाँटी खानुपर्ने १५ कारण

चार दिन भिजाएर टुसा उम्रेपछी मात्र पकाइने यस्ता परिकार स्वास्थ्यका लागि कति फाइदा जनक छन् त ? यस्ता छन् क्वाँटीका फाइदा :

१. कब्जियतको समस्या हटाउँछ । क्वाँटी रेसादार खानाको स्रोत हो ।
२. मधुमेह तथा पायल्स भएका मानिसलाई समेत फाइदा गर्छ । तर मधुमेह भएकाले चिकित्सक तथा डाइटिसियनसँग भने एकपटक सल्लाह लिन आवश्यक छ ।
३. यसले बूढो हुने गति मन्द पार्नुको साथै मानिसलाई सुन्दर स्वस्थ र रोगमुक्त  पार्दछ ।
४. तुरुन्त प्रयोग हुन सक्ने शरीरलाई चाहिने शक्तिको स्रोत दिन्छ ।
५. यो सजिलै पाच्य हुन्छ ।
६. पेटमा अनावश्यक वायु बनाउँदैन् ।
७. क्वाँटीमा भिटामिन ए, भिटामिन बी, भिटामिन सी, भिटामिन ई तथा खनिज पदार्थ प्रशस्त मात्रामा हुन्छ । यसले शरीरको थकाइ कम गर्छ र तनावबाट मुक्त गराउँछ ।
८. रोग प्रतिरोधात्मक शक्ति बढाउछ ।
९. रोगी, बालवालिका तथा बृद्धमा हुने  कुपोषण हटाउन सकिन्छ ।
१०. क्वाँटीको नियमित सेवनले स्मरणशक्ति पनि बढ्छ ।
११. मानसिक स्वास्थ्यमा सुधार ल्याउँछ ।
१२. रक्तसञ्चार तथा स्नायु प्रणालीलाई धेरै फाइदा पुग्छ ।
१३. टुसाएका गेडागुडीमा क्षारीय गुण बढी हुन्छ । त्यसैले, क्वाँटी खानाले ‘एसिडिटी’ तथा मूत्रनलीमा संक्रमणजस्ता समस्याबाट पनि छुट्कारा मिल्छ ।
१४. पाचनशक्तिमा सुधार ल्याउँछ ।
१५. गेडागुडीमा हुने सबै पौष्टिक तत्त्व शरीरले लिन सक्ने भएकाले सौन्दर्यमा पनि निखार आउँछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *