साउदी प्रो लिग : रोनाल्डोको ह्याट्रिकमा अल नासरको जित

भक्तपुर न्यूज

१८ चैत २०८० ५:४९

साउदी प्रो लिग : रोनाल्डोको ह्याट्रिकमा अल नासरको जित

काठमाडौं । साउदी प्रो लिग अन्तर्गत अल नासरले अल टाईलाई फराकिलो अन्तरले पराजित गरेको छ। गए राति सम्पन्न खेलमा अल नासरले अल टाईलाई ५-१ गोल अन्तरले पराजित गरेको हो।

अल नासरको जितमा क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक गरेका थिए। त्यस्तै अब्दुलरहमान घरीब र ओटाभियोले एक एक गोल गरेका थिए। त्यसै गरी अल टाईका भिर्गिल मिसिडजानले एक गोल फर्काएका थिए ।

यस खेलमा अल टाईका भिर्गिल मिसिडजानले खेलको ३६औँ मिनेटमा रातो कार्ड पाएपछि अल टाई १० खेलाडीमा सीमित भएको थियो। यो जितपछि अल नासरको २५ खेलमा ५९ अङ्क भएको छ र लिगमा दोस्रो स्थानमा रहेको छ।

शीर्ष स्थानमा रहेको अल हिलाल भन्दा अल नासर १२ अङ्कले पछाडि रहेको छ। त्यसै गरी अल टाईको भने २५ खेलमा २२ अङ्क रहेको छ र लिगमा १६औँ स्थानमा रहेको छ।

प्रकाशित मितिः २०८० चैत्र १८ आइतबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय