बुधबारका लागि विदेशी मुद्राको विनियम दर

भक्तपुर न्यूज

१४ चैत २०८० ६:४०

बुधबारका लागि विदेशी मुद्राको विनियम दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्राको विनियम दर सार्वजनिक गरेको छ। अमेरिकी डलर १ को आजको लागि खरिददर १३२ रुपैयाँ ९६ पैसा र बिक्रीदर १३३ रुपैयाँ ५६ पैसा छ। युरोपियन युरो १ को खरिदर १४४ रुपैयाँ ३३ पैसा र बिक्रीदर १४४ रुपैयाँ ९८ पैसा निर्धारण भएको छ।

बेलायती पाउन्ड १ को खरिददर १६८ रुपैयाँ ३१ पैसा र बिक्रीदर १६९ रुपैयाँ ०७ पैसा रहेको छ। अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ १८ पैसा र बिक्रीदर ८७ रुपैयाँ ५८ पैसा छ भने कुवेती दिनार १ को खरिददर ४३२ रुपैयाँ २४ पैसा र बिक्रीदर ४३४ रुपैयाँ १९ पैसा र बहराइन दिनारको खरिददर ३५२ रुपैयाँ ६९ पैसा र बिक्रीदर ३५४ रुपैयाँ २८ पैसा निर्धारण भएको छ।


प्रकाशित मितिः २०८० चैत्र १४ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय