फिफा विश्वकप छनोटमा आज बहराइनसँग दोस्रो लेग खेल्दै नेपाल

भक्तपुर न्यूज

१३ चैत २०८० ६:५९

फिफा विश्वकप छनोटमा आज बहराइनसँग दोस्रो लेग खेल्दै नेपाल

काठमाडौं । फिफा विश्वकप-२०२६ छनोटको दोस्रो चरणमा नेपाल-बहराइनबिच लेग हुने भएको छ । पहिलो लेगमा पराजित नेपाल आज फेरि खेल्न लागेको हो । समूह एच’ मा रहेको नेपालले विश्वकप छनोटको पहिलो चरणमा लाओसलाई १-० ले हराएको थियो । दोस्रो चरणमा तीन खेल खेलिसके पनि नेपाल अझै अंकविहीन छ ।

नेपालले यसअघि पहिलो लेगमा बहराइनसँग ५-० को फराकिलो हार व्यहोरेको थियो । बहराइनसँगको पहिलो लेग घरेलु मैदानमा हुने तालिका थियो । तर, दशरथ रंगशालाको स्तर खेल्न लायक नभएपछि पहिलो र दोस्रो दुवै लेग बहराइनमा हुने भएको हो । बहराइनको राष्ट्रिय रंगशालामा नेपाली समयानुसार राति १२ः४५ बजेदेखि दोस्रो लेग सुरु हुनेछ ।

प्रकाशित मितिः २०८० चैत्र १३ मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय