केजरीवाल गिरफ्तारीविरुद्ध आम आदमी पार्टीले प्रधानमन्त्री निवास घेराउ

भक्तपुर न्यूज

१३ चैत २०८० ६:०२

केजरीवाल गिरफ्तारीविरुद्ध आम आदमी पार्टीले प्रधानमन्त्री निवास घेराउ

काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीविरुद्ध आम आदमी पार्टीले विरोध प्रदर्शन गर्ने भएको छ । आम आदमी पार्टीले आज नयाँ दिल्लीको लोककल्याण मार्गस्थित प्रधानमन्त्री निवास ‘घेराउ’ गर्ने भएको हो ।

दिल्लीका मुख्यमन्त्री कथित रक्सी घोटाला प्रकरणमा ईडीको हिरासतमा छन् । समाचार एजेन्सी एएनआईका अनुसार दिल्ली प्रहरीले विरोध प्रदर्शनका लागि अनुमति नदिएको जनाएको छ ।

प्रधानमन्त्री निवास वरिपरि सीआरपीसीको धारा १४४ लगाइएको छ। पटेल चोक मेट्रो स्टेशन नजिकैको सुरक्षा व्यवस्था पनि कडा पारिएको बीबीसी हिन्दीले जनाएको छ। आम आदमी पार्टीले आइतबार पनि विरोध प्रदर्शन गरेको थियो । दिल्लीका मन्त्री गोपाल राईले केजरीवाललाई जसरी गिरफ्तार गरियो त्यसबाट जनता आक्रोशित भएको बताएका थिए ।

यता बीजेपीले केजरीवालको राजीनामा माग गर्दै आन्दोलन गर्ने योजना बनाएको छ । भाजपाले केजरीवाललाई मुख्यमन्त्री पदबाट राजीनामा दिनुपर्ने माग गर्दै आएको छ भने आपले बारम्बार केजरीवाल दिल्लीको मुख्यमन्त्री रहने र जेलभित्रै बसेर काम गर्ने दोहोर्‍याइरहेको छ ।

प्रकाशित मितिः २०८० चैत्र १३ मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय