इंग्ल्यान्डका डिफेन्डरद्वय वाकर र मागुएरले बेल्जियमविरुद्धको मैत्रीपूर्ण खेल गुमाउने

भक्तपुर न्यूज

१२ चैत २०८० ५:५३

इंग्ल्यान्डका डिफेन्डरद्वय वाकर र मागुएरले बेल्जियमविरुद्धको मैत्रीपूर्ण खेल गुमाउने

काठमाडौं । इंग्ल्यान्ड राष्ट्रिय फुटबल टिमका डिफेन्डरद्वय कायल वाकर र ह्यारी मागुएरले आज राति हुने बेल्जियमविरुद्धको मैत्रीपूर्ण फुटबल खेल गुमाउने भएका छन् । वाकर र मागुएरसँग गोलरक्षक साम जोनस्टोनले पनि बेल्जियमविरुद्धको खेल गुमाउने बीबीसीले जनाएको छ ।

इंग्लिस क्लब बर्नलीका गोलरक्षक जेम्स ट्राफोर्ड र म्यानचेस्टर सिटीका डिफेन्डर रिको लेविसलाई भने टिममा स्थान दिइएको छ । ट्राफोर्डले इंग्ल्यान्डलाई गत वर्ष यू-२१ यूरो कपको उपाधि दिलाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

यता १९ वर्षीय लेविसले भने गत नोभेम्बरमा नर्थ म्यासेडोनियाविरुद्ध डेब्यु गरेका थिए । शनिबार ब्राजिलसँग इंग्ल्यान्डले १-० गोलको पराजय भोग्दा वाकर भने घाइते भएका थिए ।

प्रकाशित मितिः २०८० चैत्र १२ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय