भारतको राजस्थानमा मानिसको समूहमाथि टिप्पर कुदाउँदा ५ जनाको मृत्यु

भक्तपुर न्यूज

११ चैत २०८० ११:१८

भारतको राजस्थानमा मानिसको समूहमाथि टिप्पर कुदाउँदा ५ जनाको मृत्यु

काठमाडौं । भारतको राजस्थानमा मानिसको एक समूहमाथि टिप्पर कुदाउँदा पाँच जनाको ज्यान गएको छ । राजस्थानको झालावर जिल्लाको भवानी मण्डीको पगरिया प्रहरी चौकी परिसरमा जथाभावी टिप्पर चलाउँदा पाँच जनाको ज्यान गएको बीबीसी हिन्दीले जनाएको छ ।

गत शुक्रबार राति एउटै गाउँका दुई पक्षबीच झगडा भएको थियो । झगडापछि प्रहरी चौकीमा उजुरीको लागि जाँदै गरेका व्यक्तिमाथि अर्को समूहका व्यक्तिले टिप्पर चलाएका प्रहरीले जनाएको छ ।

गाउँमा हिँसा फैलने जोखिमलाई ध्यान दिएर ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको खबरमा उल्लेख छ । मानिसमाथि टिप्पर गुडाउने एकजनालाई प्रहरीले पक्राउ गरेको छ, अर्का एकजनाको खोजी भइरहेको छ ।

प्रकाशित मितिः २०८० चैत्र ११ आइतबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय