छोराको कुटाईबाट बुवाको मृत्यु
रुपन्देही, १७ साउन । रुपन्देहीमा एक युवाले मादकपदार्थ सेवन गरी आफ्ना बाबुको हत्या गरेका छन् । गएराति करिब दुई बजेतिर मादकपदार्थ सेवन गरी घरमा पुगेका मर्चवारी गाउँपालिका वडा नं. १ का ३५ वर्षीय लाल चाईले ६० वर्षीय बाबु सन्तु चाईलाई निर्घात कुटपिटगरी हत्या गरेका हुन् ।
कुटपिटबाट गम्भिर घाइते भएका चाईलाई उपचारका लागि आज बिहान भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज पुर्याइएको थियो । तर उपचारकै क्रममा चाईको मृत्यु भएको प्रहरीले जनाएको छ । बाबुको मृत्यु भएपछि छोरा लाललाई प्रहरीले पक्राउ गरेको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२६ वैशाख २०८२ १७:३३
भक्तपुर जु जु धौ व्यवसायी संघका अध्यक्षलाइ पाँच हजार जरिवाना
२० वैशाख २०८२ ८:५६
नेकपा एसको सचिवालय बैठक वैशाख २३ र २४ गते बस्ने
२३ वैशाख २०८२ ११:४५
मे ९ मा हङकङसँग भिड्दै नेपाल
२२ वैशाख २०८२ १५:३०
प्रिशा शाह मृत्यु प्रकरण : छानबिन गर्न सभामुखको निर्देशन
२१ वैशाख २०८२ ९:५२